गुल्मीमा देउवा पक्षको आक्रोश- छापामार शैलीको निर्वाचन प्रक्रिया मान्दैनौं

इकागज | मंसिर १२, २०७८

गुल्मी- सभापति शेरबहादुर देउवा पक्षले गुल्मी कांग्रेस जिल्ला अधिवेशन छापामार शैलीमा गरिएको भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेर पुनः मतदानको माग गरेको छ ।

मुसिकोट मतदान केन्दको मतपत्रमा संकेत भेटिएपछि शनिबार दिउँसोबाट मतदान रोकिएको छ । निर्वाचन मण्डलले आइतबार बिहान ९ बजेबाट पुनः मतदान गर्ने जनाएका बेला देउवा पक्षका उमेदवारले पूरै निर्वाचन प्रक्रिया स्थगित गरेर अर्को निर्वाचनको माग गरेका छन् ।

एभरग्रिन पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै सभापतिका उमेदवार वेदबहादुर थापा मगरले मतदाता प्रभावित पार्न फोटासहितको प्रचार सामग्री वितरण गरेको, मतदातालाई डरधम्की दिइएको, पार्टीको विधानिवपरीत बंग्याएर मतपत्रमा नभएको क्रम संख्या राखिएको, अर्धकट्टीमा नाम र क्रम संख्या राखेर कब्जा गर्ने रणनीतिका साथ अगाडि बढाइएको निर्वाचन प्रक्रिया आफूहरूलाई मान्य नहुने बताए ।

‘क्षेत्रमा पनि मनोमानी चल्यो । अहिले पनि निर्वाचन मण्डल र निर्वतमान कार्यसमितिको योजनामा मतपत्र दुरुपयोग गरियोे,’ उनले भने, ‘छापामार शैली स्विकार्य छैन । मतदान नरोकिए प्रतिवाद गर्छौ ।’ उनले आफूहरूलाई जानकारी नगराइकनै मनोमानी ढंगले पुनः मतदानको मिति तय गरिएको भन्दै निर्वाचन मण्डलको पनि कडा आलोचना गरे । पौडेल पक्षका नेताहरूले भने वेद मगरको प्यानलले निर्वाचनको परिणाम स्विकार गर्न नसकेको तर्क गर्दै आएका छन् । 
 

एमाले महाधिवेशनमा चम्कियो अल्लो कपडाको व्यापार, दिनकै एक लाख कमाउँछन् बुढामगर दम्पती

इकागज | मंसिर १२, २०७८

चितवन - प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्...

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

इकागज | मंसिर १२, २०७८

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक अधिवक्ता महादेव प्रसाद यादवले पदबाट...

कांग्रेसको सुर्खेत जिल्ला सभापतिमा  खड्ग पोखरेल सर्वसम्मत

इकागज | मंसिर १२, २०७८

सुर्खेत - नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशनबाट सभापतिमा खड्ग पोखरेल सर्व...