प्रधानन्यायाधीश मात्रै होइन, सबै न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगै सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘सर्पको खुट्टा सर्पले देख्छ’ भनेझैँ सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् ।
अदालतको प्रांगणमा अधिवक्ताले भाषणबाजी धेरै भएको भन्दै ओलीले न्याय किनबेच गर्ने न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘अदालतको प्रांगणमा अधिवक्ताहरुको भाषण सुनिरहनु भएकै होला । भ्रष्टाचारका कुरा, सट्तापट्टाका कुरा, न्याय किनबेच भएको कुरा न्यायाधीशहरुबाट आए । हामीले भोगेको अन्यायको भित्री कुरा यस्तो रहेछ,’ उनले भने, ‘सर्पको खुट्टा सर्पले देख्छ भनेझैं न्यायाधीसहरुले देख्नु भएको छ । अमुक व्यक्ति हटेपछि यो शिलशिला हट्दैन । म त सबै न्यायाधीशले राजिनामा दिनु पर्ने देख्छु ।'