एमालेको नेतृत्वमा मात्रै देशको समृद्धि र जनताको सुख सम्भव : रामबहादुर थापा

इकागज | मंसिर ६, २०७८

काठमाडौँ - नेकपा एमालेका नेता रामबहादुर थापाले एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि र जनताको सुख सम्भव रहेकाे बताएका छन् । एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पार्टीको दशौं महाधिवेशनबाट केपी ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गरिने पनि उनले बताए ।

महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजकसमेत रहेका थापाले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी ओलीको नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गरिने दाबी गरे । 

परमादेशबाट बनेको सरकार र सत्तारूढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः सत्तामा पुग्न पनि ओलीजस्तो सक्षम नेता पार्टीका लागि आवश्यक रहेको बताए । ‘एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि र जनताको सुःख सम्भव छ । त्यसैले यो सन्देश हामी १० गते चितवनमा हामी पाँच लाख जनता ल्याएर हामी यो सन्देश दिन चाहन्छौं,’ नेता थापाले भने ।

कांग्रेस अधिवेशन : तनहुँमा मन्त्रीदेखि वडाध्यक्षसम्म चुनावी मैदानमा

इकागज | मंसिर ६, २०७८

तनहुँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तनहुँमा आज हुँदैछ&...

एमाले महाधिवेशन : महासचिवमा उठ्‍ने सुरेन्‍द्र पाण्‍डेको घोषणा

इकागज | मंसिर ६, २०७८

काठमाडौँ - नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले १० औँ महाधिवेशनमा आफू महासचिवमा लड्ने बत...

कांग्रेस महाधिवेशन : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

इकागज | मंसिर ६, २०७८

काठमाडौँ - नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ मह...

माओवादी कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् : दाहाल

इकागज | मंसिर ६, २०७८

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमज...