एमाले सुनसरीबाट चुनिए ४२ महाधिवेशन प्रतिनिधि

इकागज | मंसिर ४, २०७८

सुनसरी - नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकांक्षी पछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि विवादबीच प्रतिनिधि चयन गरिएको हो । 

चितवनमा हुने पार्टीको १०औँ केन्द्रीय महाधिवेशनमा सुनसरीबाट ४२ जनाले प्रतिनिधित्व गर्नेछन् । जिल्ला निर्वाचन सहयोग समितिका संयोजक शिवराज चौहानका अनुसार सुनसरी क्षेत्र नम्बर १ बाट खुलातर्फ ६ जना र महिलातर्फ ३ जना गरी ९ जना प्रतिनिधि चयन भएका छन् । 

खुल्लातर्फ जयकुमार राई, रमेश बस्नेत, विजय राई, मीनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छनौट भएका छन् । यस्तै, महिलातर्फ वीणा खनाल, रुफिना गुरुङ (राईं र लहरु माया जिमी पनि प्रतिनिधि छनौट भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा खुलातर्फ ८ जना र महिलातर्फ ३ जना प्रतिनिधिमा चयन भएका छन् । खुलामा खेमराज पोखरेल, रेवतीरमण भण्डारी, सर्वध्वज सावाँ, पोष्ट कुमार नेपाल, सरोज पोखरेल, पर्शुराम यादव, गुणराज काफ्ले र द्धारिकलाल चौधरी छन् । महिलातर्फ लक्ष्मी गौतम, अमृता सुब्बा निरा खनाल रहेका छन् । 
यसैगरी, क्षेत्र नम्बर ३ मा खुलातर्फ लिलम बस्नेत, भीम सुवेदी (सागर), भुवन पोखरेल, भूमिनारायण चौधरी, खड्गनारायण उराँव र रामदेव यादव प्रतिनिधिमा चयन भएका छन् । महिलातर्फ निर्मला काफ्ले, सुजला गुरुङ र दुर्गी सरदर रहेका छन् । 

निर्वाचन क्षेत्र नम्बर ४ मा खुलातर्फ निलम खनाल, बद्रीनाथ घिमिरे, कालूराम गुरुङ, ललितबहादुर थापा, लस्करी अन्सारी र अजय कुसियैत महाधिवेशनमा प्रतिनिधि चयन भएका छन् भने महिलातर्फ कौशिल्या माझी, शकुन्तला भण्डारी र होमकुमारी श्रेष्ठ चयन भएकी छन् । यता, दलिततर्फबाट धनबहादुर विश्वकर्मा, सुमन मग्राती, पार्वता बराइली र लालबहादुर सेन्चुरी चयन भएका छन् । 
 

माओवादी अध्‍यक्ष दाहाल र नेकपा महासचिव चन्‍दबीच भेटवार्ता

इकागज | मंसिर ४, २०७८

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भए...

मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व माओवादी र दाहालले गरेको शर्माको दाबी

इकागज | मंसिर ४, २०७८

काठमाडौँ - अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक पर...

माधव नेपाल जनकपुर आउँदै, दुई मन्त्रालयसहित नेकपा एस प्रदेश सरकारमा जाने

इकागज | मंसिर ४, २०७८

महोत्तरी - प्रमुख दलका शीर्ष नेताहरु पछिल्लो समय प्रदेश-२ केन्द्रित हुन थालेका छन् । नेकपा एमालेका उपमहास...

पार्टीका संस्थापन नेताहरूको सपना मैले पूरा गर्न सक्‍छु: प्रकाशमान सिंह

इकागज | मंसिर ४, २०७८

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरूको सपना आफूले पूरा ग...

कास्कीका ६ वटै क्षेत्रमा कांग्रेसका यी प्रदेश सभापति निर्वाचित

इकागज | मंसिर ४, २०७८

कास्की - सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा शु...