ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व

इकागज | मंसिर ४, २०७८

ललितपुर - नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएकाे छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो ।

ललितपुर १ 'क' मा मिलन सिलवाल र 'ख'मा जगतबहादुर सभापतिमा चयन भएका छन् । ललितपुर २  'क' मा दिवाकर नेपाल निर्वाचित भएका छन् भने २ 'ख'मा चन्द्रमान महर्जन निर्वाचित भएका छन् ।

३  'क'को प्रदेशसभा सभापतिमा वीरेन्द्र महर्जन निर्वाचित भएका छन् ।  ३ 'ख'मा सुरेन्द्र डंगोल निर्वाचत भएका छन् । ललितपुर कांग्रेस निर्वाचन समितिका संयोजक लोक कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीकाे विवरण आज शनिबार औपचारिक रुपमा सार्वजनिक गरिने छ ।

ललितपुर २ मा सर्वसम्मत
ललितपुर २ 'क' मा सर्वसम्मत नेतृत्व चयन भएकाे छ । निर्वाचन समितिका संयोजक कार्कीका अनुसार 'क' प्रदेशसभा सभापतिमा चन्द्रमान बज्राचार्य, उपसभापति नातीकाजी महर्जन र रवी महर्जन, सचिवमा सुरेन्द्र बज्राचार्य र सुदीप श्रेष्ठ, सहसचिवमा प्रमोदमान चित्रकार र महेश श्रेष्ठसहित  २५ जनाको कार्यसमिति चयन भएकाे हाे ।

रुपन्देहीमा मतगणनास्थलमै कांग्रेस कार्यकर्ताबीच कुटाकुट, क्षेत्रीय सचिवका उम्मेदवारसहित पाँच घाइते

इकागज | मंसिर ४, २०७८

बुटवल - रुपन्देहीमा नेपाली काँग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका छन् । देउवा पक्षक...

माओवादीको वडा अधिवेशन : खोटाङमा दुई हजारले नयाँ जिम्मेवारी पाउँदै

इकागज | मंसिर ४, २०७८

खोटाङ- खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनमार्फत २ हजार नेता-कार्यकर्ताले नयाँ जिम्मेवारी पाउ...

पूर्वमाओवादी नेताहरूलाई महाधिवेशनमा सम्मानजनक स्थान हुन्छ : नेम्वाङ

इकागज | मंसिर ४, २०७८

काठमाडाैं - नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग ...

आज ६ हजार ७४३ वडामा अधिवेशन गर्दै माओवादी, दाहालले उद्घाटन गर्ने

इकागज | मंसिर ४, २०७८

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्र...

महािधवेशनले अध्यक्षमा ओलीलाई नै सर्वसम्मत चुन्छ : योगेश भट्टराई

इकागज | मंसिर ३, २०७८

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको आसन्न महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई नै...