कांग्रेस महाधिवेशन : कुन पदको उम्मेदवारी शुल्क कति ?

इकागज | कात्तिक ३०, २०७८

काठमाडौँ- नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि सात हजार शुल्क तोकेको छ ।

यस्तै उपसभापति र सचिवका लागि पाँच हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सभा क्षेत्रीय सहसचिव लड्न चाहनेहरूले भने चार हजार र सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

त्यस्तै कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको छ ।

यस्तै उपसभापति र सचिवका लागि सात ११ शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

त्यसैगरी कांग्रेसले प्रदेश सभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ।

यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिव लड्न चाहनेहरूले भने पच्चीस सय तीर्नुपर्ने छ । प्रदेश सभा सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

एमालेले छान्यो उपत्यकाबाट ८२ महाधिवेशन प्रतिनिधि (नामसहित)

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - नेकपा एमालेले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका प्रदेशबाट ८२ जना महाधिवेशन प्रतिनिधिक...

आइतबारको केन्द्रीय समितिपछि मात्रै महाधिवेशन हुनेमा विश्‍वस्त भएँ: गगन थापा

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मा...

पार्टी सभापतिको घरमा बैठक राख्‍ने भए कार्यालय भवनको के काम : प्रकाशमान

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय...