राजनीति

ललिता निवास जग्गा प्रकरण

पूर्वमन्त्री चन्द्रदेव जोशीसँग सीआईबीले लियो बयान

इकागज | भदौ ४, २०८०
काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग आज बयान लिएको छ । सोमबार साँझ ट्विट गर्दै पूर्वमन्त्री जोशीले बयानपछि आफ्नो बोझ हलुका भएको प्रतिक्रिया दिएका छन् । 'अन्तत: बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएको छु । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ, ' उनले लेखेका छन्, 'चाहिएक...