हवाई मैदान निर्माण गर्न रुख काट्न थालियो

इकागज | असोज १५, २०७९

उदयपुर- उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइबीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रुख कटान थालिएको छ ।

सगरमाथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अनुसार हवाई मैदान क्षेत्रभित्र पर्ने मोथ्याइ सामुदायिक वन र कङखोला सामुदायिक वनभित्र पर्ने १० हेक्टर वन क्षेत्रको रुख काट्न सुरु गरिएको निर्माण उपभोक्ता समितिका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिए । दुर्गा शक्ति जेभी कम्पनी विराटनगरले ठेक्का लिएर रुख काट्न सुरु गरेको हो । डेढ हप्ताभित्र कम्पनीले विभिन्न प्रजातिका एक सय ६४ रुख काटेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण र वन तथा भू–संरक्षण विभागबीच सम्झौता भएपछि जोगिदह क्षेत्रको दुई सामुदायिक वनको दश हेक्टर क्षेत्रफलको रुख कटान थालिएको हो । एक हजार सात सय मिटर लम्बाइ र ४० मिटर चौडाइको सगरमाथा हवाई मैदान निर्माणका लागि त्रिनपा–१ जोगिदहको मोथ्याइ, सिमलटार र कङखोलासम्मको १५६.११ हेक्टरभन्दा बढीको क्षेत्रमा हवाई मैदान निर्माण गर्ने सहमति भएपछि रुख काट्न थालिएको हो । 

रुख कटान सम्पन्न गरेर हवाई मैदान सञ्चालनमा आएपछि पुनः हवाई मैदान क्षेत्रका आसपासका जग्गामा वृक्षरोपण गरेर ३० प्रतिशत क्षेत्र वन क्षेत्र निर्माण गर्नुपर्ने प्रावधान रहेको समितिले जनाएको छ । त्रियुगा नगरपालिकाको जोगिदहमा २०७२ सालमा नै सर्भे भएर निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माण कार्यमा स्थानीयहरू र हवाई मैदान निर्माण व्यवस्थापन समितिबीच पटक–पटक विवाद भएको थियो । वन तथा भू–संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच  सहमति भएपछि काम अघि बढेको हो । 

परराष्ट्रमन्त्री डा नारायण खड्काको पहलमा हवाई मैदान निर्माण कार्य सहज भएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत बताउँछन् । अब दसैँ लगत्तै रुख कटानसहित बाँकी कार्य नियमितरुपमा हुने उनको भनाइ छ । अबको दुई वर्षभित्र हवाई मैदान निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइने बस्नेतले बताए ।

एक हजार सात सय मिटर लम्बाइ र ४० मिटर चौडाइ क्षेत्रको हवाई मैदान निर्माण सम्पन्न गरेर दुई सय मिटरको लम्बाइ र ६० मिटर चौडाइ एप्रोनसहितको टर्मिनल आधुनिक टर्मिनल भवन, ट्याक्सी पार्किङ ग्राउन्डसहितको पूर्वाधार निर्माण गर्न १५६.११ हेक्टर क्षेत्रफल जग्गा अधिग्रहण भएको समितिले जनाएको छ । सगरमाथा क्षेत्रको नै महत्वपूर्ण हवाई मैदान निर्माण सम्पन्न भएपछि उदयपुरबाट पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलु तथा ओखलढुङ्गा र विराटनगर तथा राजधानी काठमाडाैँ यात्रा गर्न सहज हुने छ । हवाई मैदान निर्माण सम्पन्न गर्न झण्डै रु दुई अर्ब ४० करोड बजेट चाहिने समितिले जनाएको छ । 

बजारको दाउ हजार : कतै खसी भन्दै बाख्राको मासु, कतै पाँच महिनादेखि सडेका माछा

बाबुराम भण्डारी | असोज १४, २०७९

विराटनगर- दसैँ तिहार लगायतका चाडपर्वको मौका छोपेर विराटनगरमा माछामासु पसलेहरूले अस्वस्थ मासु बिक्री ग...

प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनको विरोध : ‘प्राज्ञिक क्षेत्रलाई उपेक्षा र कार्यकर्ता भर्ति गर्ने उदेश्य देखियो’

बाबुराम भण्डारी | असोज १३, २०७९

विराटनगर- प्रदेश १ सरकारले ल्याएको प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनले प्राज्ञिक क्षेत्रलाई उपेक्षा गरी ऐन अन्तरगत ...

जसपा छाड्दै युवराज कार्कीले भने : उपेन्द्रजीको व्यवहार राम्रो भएन, मलाई अपहेलना भयो

इकागज | असोज १२, २०७९

विराटनगर- प्रतिनिधि सभाको समानुपातिक सांसदमा मोरङ–२ बाट सिफारिस भएका जसपाका कार्यकारिणी सदस्य ...