बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान

इकागज | पुस ४, २०७९

मकवानपुर - बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक आह्वान गरिएको छ ।

सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरुलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार भई नुवाकोटबाट विजयी भएका हुन् । 

बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गरेपछि प्रदेशसभाका बाँकी एक सय नौ जना सदस्यहरूलाई उनले नै शपथ गराउनुहुने कार्यसूची रहेको प्रदेशसभाका सचिव खड्काले  बताए । 

गठबन्धन बनाउँदै आलोपालो प्रधानमन्त्रीमा मौखिक सहमति भएको थियो : प्रचण्ड

इकागज | पुस ४, २०७९

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने स...

महानगरलाई सर्वसाधारणकाे प्रश्न : राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?

इकागज | पुस ३, २०७९

काठमाडौं- काठमाडौंको अनामनगरमा महानगरको ज्यादतीविरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी ...

काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख पाण्डेको जनता भड्काउने अभिव्यक्ति

इकागज | पुस ३, २०७९

काठमाडौँ - काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जनता भड्काउने अभिव्यक्ति दिएका छन् ...

बागमती प्रदेश : ३३ राजनीतिक दलकाे धरौटी जफत, १ सय १० सांसदको टुंगो

इकागज | पुस २, २०७९

मकवानपुर- बागमती प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको परिणामको प्रतिवेदन निर्वाचन आयोगले ७ ...

चिरिबाबुलाई बालेनकाे प्रस्ताव : बागमती नदीको सफाइका लागि सहकार्य गरौँ

इकागज | पुस २, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र ...

प्रदेश निर्वाचन कार्यालय वाग्मतीले बुझायो प्रदेश प्रमुखलाई प्रतिवेदन

इकागज | पुस २, २०७९

मकवानपुर । वाग्मती प्रदेश निर्वाचन कार्यालयले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई गत मंसिर ४ गते सम्पन्न निर्वा...