इन्द्रजात्रा हेर्न काठमाडौँ महानगरले दियो २० विदेशी नगर प्रमुखलाई निम्तो

इकागज | असोज ८, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले काठमाडौँको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना बिदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ । इन्द्रजात्राका सन्दर्भमा सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनी सम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत देशका बिभिन्न नगरका २० जना नगर प्रमुखहरु इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो ।

त्यस्तै महानगरले २२ जना स्वदेशी पाहुनाहरु पनि अवलोकनका लागि आउने जानकारी दिएको छ । जात्रामा राष्ट्र प्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ ।

जात्राका लागि शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरुको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भइरहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । उनले २०७६ सालबाट भगिनी सम्बन्ध भएका नगरबाट पाहुनालाई आमन्त्रण गर्न थालिएको बताए ।

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको र जात्रालाई भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी भइरहेको बताइन् 

त्यस्तै उनले बिभिन्न माग राख्दै सामाजिक अभियन्ता ईः ले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भइरहेको भन्दै छलफल गर्न महानगरको ढोका खुल्ला रहेको बताइन् । सामाजिक अभियन्ता ईः ले राखेको बिषय महानगरको मात्रै नभएर संघीय सरकारको पनि रहेकाले सवैको सहकार्यमा नै अघि बढ्नुपर्ने खाँचो देखिएको उनको भनाइ छ ।

मंगलबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि विधिवत रुपमा प्रारम्भ हुने इन्द्रजात्रा असोज ११ गते बिहीबार रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइँदैछ । इन्द्रजात्रा लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि चलिआएको मानिन्छ । 

ईःलाई बालेनको प्रश्न : के वार्ता हामीले तपाईंहरूको नेतासँग गर्नुपर्ने ?

इकागज | असोज ८, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक अभियन्ता ईः हरूलाई राजनीतिक स्वार्थ जोडिए...

बागमती सरकारले आवश्यक काठ दिने र नर्सिङ पढाउने नीति ल्याउँदै छ  : मुख्यमन्त्री जम्कट्टेल

इकागज | असोज ६, २०८०

नारायणगढ - बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताएका ...

समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ : उपप्रमुख डंगोल

इकागज | असोज ५, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढ...

शिक्षकले विद्यालय बन्द गरेर आन्दोलनमा गए  काठमाडौँमहानगरले कारबाही गर्ने

इकागज | असोज ३, २०८०

काठमाडौँ– काठमाडौँ महानगरापलिकाले विद्यालयका शिक्षकहरूले विद्यालय बन्द गरेर आन्दोलनमा गएको ...