प्युठानमा खोलाले बगाँउदा एकको मृत्यु, दुई बालबालिका बेपत्ता

इकागज | कात्तिक ३, २०७८

बुटवल - प्युठानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। थप दुई जनाको अवस्था अज्ञात छ । जिल्लाको माण्डबी गाउँपालिका वडा नं‍. ४ आँपचौरका  २८ वर्षीया देवीसरा खत्री कार्कीको स्थानीय अरङखोलामा आएको बाढीले बगाएर मृत्यु भएको छ ।

देवीसराको शव माण्डवी गाउँपालिका वडा नं. २ मा  फेला परेको प्यूठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए । 

सँगै बगेका कार्कीका दुई वर्षीय छोरा दिनेश  र स्थानीय मधु अधिकारीको ८ बर्षीया छोरी अनुष्का अधिकारीको अवस्था हालसम्म  अवस्था अज्ञात रहेको डिएसपी मल्लले बताए । बुधबार स्थानीय अरङखोलाले उनीहरूलाई बगाएको प्रहरीले मल्लले जानकारी दिए । बेपत्ताहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अस्थायी राजधानीमा मुख्य कार्यालय, स्थायी राजधानीमा सम्पर्क कार्यालय !

इकागज | कात्तिक २, २०७८

बुटवल - प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भाल...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार छ : गृहमन्त्री

इकागज | कात्तिक १, २०७८

बुटवल - गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको समृद्धिको लागी सदैव प्रयत्नशिल रहने प्रतिबद्धता जनाएका ...