नेकपा एमालेलाई लुम्बिनी प्रदेश सभाको जवाफ : शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन (पत्रसहित)
बुटवल – लुम्बिनी प्रदेश सभा सचिवालयले लुम्बिनीका दुई सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको छ । एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो ।
'कानुनअनुसार अध्ययन गरेर नै संसद् सचिवालले पत्र पठाएको छ' प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने ।