एमाले सांसदबाट राजीनामा दिएका डाँगी मुख्यमन्त्रीका प्रमुख सल्लाहकार

इकागज | साउन २९, २०७८

बुटवल - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथग्रहण लगत्तै बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुबिधा पाउने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए। नेकपा एमालेका तत्कालीन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए।

डाँगीको राजीनामापछि यसअघिका मुख्यमन्त्री शंकर पोख्रेलको अल्पमतमा परेका थिए । दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन् ।

पोखरेल नेतृत्वले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुन्‍छ : मुख्यमन्त्री केसी

इकागज | साउन २९, २०७८

बुटवल- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वले अध्यादेशमार्फत ल्याएक...

आफ्नै मृत्युको प्रमाणपत्र बोकेर हिडिरहेका सुभास तामाङको मृत्यु दर्ता खारेज, पाए नयाँ नागरिकता

बाबुराम भण्डारी | साउन २८, २०७८

विराटनगर-  मृत्यु भइसकेको खबर पाएपछि घरपरिवारले मृत्यु दर्ता गरिदिएका मोरङको बेलबारी नगरपालिका&...

लुम्बिनीमा ६ सदस्यीय मन्त्रिपरिषद्, कस्लाई कुन मन्त्रालयको जिम्मेवारी ?

इकागज | साउन २८, २०७८

बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक श...