लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

इकागज | साउन २७, २०७८

बुटवल -  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोख्रेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका छन् । 

उनीविरुद्ध कांग्रेस, माओवादी, जसपालगायतको गठबन्धनले अविश्वासको प्रस्ताव दिएका छन् । उक्त प्रस्ताव आज नै निर्णयार्थ प्रस्तुत गर्ने तयारी संसद् सचिवालयको छ । 

गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ ।  

लुम्बिनीमा विपक्षी गठबन्धनको बैठक सकियो, अविश्वास प्रस्तावलगाएत आगामी रणनीतिबारे छलफल

इकागज | साउन २७, २०७८

काठमाडौँ - लुम्बिनीमा प्रदेशका विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्...

लुम्‍बिनीमा एमालेको अन्तिम कसरत : प्रदेश सभा बैठक बहिस्कार गर्ने संकेत

बिक्रम खड्का | साउन २७, २०७८

बुटवल- नेकपा एमाले लुम्‍बिनी संसदीय दलको बैठक सकिएको छ । अविश्‍वासको प्रस्ताव र राजीनामाको&nb...

लुम्बिनीमा एमाले बैठक बस्‍दै, मुख्यमन्त्रीले राजीनामा दिने कि अविश्वासको प्रस्ताव फेस गर्नेबारे निर्णय हुने

इकागज | साउन २७, २०७८

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पो...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आव्हानविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा

इकागज | साउन २६, २०७८

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध एमालेले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्य...