गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ (फोटो फिचर)
काठमाडौँ - गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । हिजो बसेको मन्त्रिपरिषद्बाट नियुक्त भएका उनीहरुले आज शपथ लिएका हुन् । मन्त्रिपरिषद्को सिपारिसमा मंगलबार विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी थिए ।