२७ दिनपछि लुम्बिनीमा बजेटमाथि छलफल सुरु हुँदै

इकागज | असार २७, २०७८

बुटवल  :  संसद अवरोधका कारण २७ दिनपछि लुम्बिनी प्रदेश सभामा बजेटमाथि छलफल भएको छ । बजेट प्रस्तुत भएको २७ दिनपछि बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरे ।

यसअघि प्रतिपक्षी दलहरूले सदन अवरोध गर्ने बताए पनि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले संसदमा भनाई राखेपछि सदन नियमित कारबाहीमा प्रवेश गरेको हो । प्रतिपक्षी दलले असार ६ गते अवरोध गरेपछि असार ९ सम्म स्थगित भएको थियो । गत असार ९ मा सूचना टाँस गरी बैठक स्थगित भएको थियो ।

बजेटमाथिको छलफल शुरु भएपनि यसलाई पास गर्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन । बैठकमा विनियोजन विधेयक प्रस्तुत गरेका अर्थमन्त्री चौधरीले सरकारले सबै पक्षलाई समेट्ने गरी बजेट ल्याएको भन्दै बचाऊ गरे ।

उनले प्रदेश सभाका सदस्यहरुको सहयोगमै बजेट पास हुने पनि बताए । मुख्यमन्त्री शंकर पोख्रेल केन्द्रीय राजनीतिका विषयमा छलफल गर्न काठमाडौँ केन्द्रित भएपछि बजेट पास हुने विषय अन्योलमा पारेको हो । 

 

मिडिया विधेयकविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

इकागज | असार २४, २०७८

बुटवल : लुम्बिनी प्रदेश सरकारले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसको लोकतान्त्रिक मुल्य मान्यतालाई लत्...