बाढीले ह्युमपाइप बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

इकागज | असार २४, २०७८

नवलपुर : लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।  

लगातार परेको पानीका कारण सडकको ह्युमपाइप बगाएर आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको गिरीको भनाइ छ । शुरुमा साना सवारी साधन सञ्चालन हुनेगरी डाइभर्सन निर्माण गरिने भन्दै प्रनाउ गिरीले ठूला सवारी साधन केहीबेर रोकेर राखिने बताए । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको उनले बताए । रासस

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले फेरि बहुमत गुमाए

बिक्रम खड्का | असार १८, २०७८

बुटवल : आफ्नै क्याबिनेटका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री ...

भौतिक पूर्वाधार विकास राज्‍यमन्‍त्रीद्वारा पदबाट राजीनामा

इकागज | असार १८, २०७८

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई फेरि अर्को झड्का लागेको छ । एमालेबाट मुख्यमन्त्री बने...

कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकरको कार दुर्घटनामा मृत्यु

इकागज | असार १६, २०७८

बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई डा. शंकर प्रसाद भण्डारीको सवारी दुर्घटन...