भेरी अस्पतालमा संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण

इकागज | जेठ १४, २०७८

बुटवल : कोभिड-१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ । 

मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नसिंङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । घटना लगत्तै प्रहरीले मानबहदुर सहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजि गरिरहेको जनाएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमणको चौतर्फी निन्दा भइरहेको छ । 

अस्‍पतालको शैय्‍यामा बुहारी, जसलाई परिवारकै तीन जना बितेको थाहै छैन

बिक्रम खड्का | जेठ १३, २०७८

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा नौ दिनभित्र कोभिड १९ का कारण एकै घरका ...

महामारीमा मन्त्री र सांसदलाई 'निन्द्राबाट ब्यूँझाउने' गुल्मीका पत्रकारको अभियान

बिक्रम खड्का | जेठ १२, २०७८

बुटवल : धेरै मन्त्री, सांसद र नेता जन्माएको गुल्मी जिल्ला स्वास्थ्य सेवाको सुविधाका हिसाबले कहाँ छ ?...

लुम्बिनीका विपक्षीले प्रदेश प्रमुखको कार्यालयसँग मागे मुख्यमन्त्रीको नियुक्ति र सांसदहरूको हस्ताक्षरसहितका कागजात

इकागज | जेठ १०, २०७८

बुटवल : लुम्बिनी  प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री निय...

पाल्पाको रामपुर नगरपालिकाले माग्यो कोभिड खोप किन्ने अनुमति

इकागज | जेठ १०, २०७८

बुटवल : पाल्पाको रामपुर नगरपालिका आफैले खोप किन्न अनुमति माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको ...