लुम्बिनीमा ३१ संक्रमितको मृत्यु

इकागज | बैशाख २८, २०७८

रुपन्देही : कोभिड-१९ सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाको मृत्यु भएको छ ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङका विभिन्‍न अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो । 

पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत १४ सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुासर मृत्यु भएकामध्ये आठ जना  रुपन्देहीका छन् । 

दाङमा बितेको २४ घण्टामा १७  कोरोनाका बिरामीको मृत्यु भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्‍चालन केन्द्रका अनुसार आज मृत्यु हुनेमा घोराहीका पाँच, तुलसीपुरका आठ, लमहीका दुई तथा गढवा र दंगीशरणका एक/एक  छन् ।

आज मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ र  होम आइसोलेशनमा बसेका पाँच जना छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई, लमहीमा होम आइसोलेशनमा बसेका एक तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा उपचाररत एक/एक जनाको मृत्यु भएको  केन्द्रले जनाएको छ । 
 (रासस)
 

महामारीमा स्थानीय सरकारको प्रयास: घरमै अक्सिजन, घरदैलोमै आयुर्वेद औषधि

बिक्रम खड्का | बैशाख २७, २०७८

बुटवल : कोभिड-१९ संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभ...

लुम्बिनीमा विशेष अधिवेशन माग गर्दै विपक्षीद्वारा समावेदन दर्ता

इकागज | बैशाख २६, २०७८

बुटवल : लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छल...