‘कसैले भनेर होइन मेरो आफ्नै इच्छाले माओवादीमा आएँ’

इकागज | बैशाख १९, २०७८

बुटवल  : आज आइतबार मात्रै नेकपा माओवादी केन्द्र प्रवेश गरेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले कसैको दबाबमा नभइ आफ्नै खुसीले पार्टी परित्याग गरेको बताएकी छन् । एमालेले आफ्नो सांसदलाई विपक्षीले अपहरण गरेको आरोप लगाइरहेको बेला वलीले बुटवलमा पत्रकार सम्मेलन गरेर आफ्नै खुसीले माओवादी केन्द्रमा प्रवेश गरेको बताएकी हुन् । 

उनले आफू निर्वाचित हुँदा नेकपा बाट भएको र धेरै सहयोग माओवादीबाट पाएकोले अहिले माओवादीमा लागेको बताइन् ।  विमलाका श्रीमान तथा प्रदेश सभा सदस्य उत्तमकुमार वलीको निधनपछि उपनिर्वाचनमा नेकपाले उनलाई उमेद्वार बनाएको थियो । उक्त निर्वाचनबाट विमला प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन् । 

‘म निर्वाचित भएर आउँदा नेकपा थियो । श्रीमान्को निधन भएपछि म यहाँ आएँ । त्यतिखेर मैले माओवादी एमाले भन्ने पनि चिन्दैनथेँ म सामान्य गृहिणी,’ उनले भनिन्, ‘मलाई यो माओवादी एमाले भन्ने मतलब थिएन । मलाई बढी सहयोग माओवादीहरुले गरेको हुनाले मैले मेरो इच्छाले नै यो दल रोजेर आएँ ।’ 

४२ सांसदकाे हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइयाे (हस्ताक्षर पत्रसहित)

बिक्रम खड्का | बैशाख १९, २०७८

बुटवल : मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेका बेला प्रदेश सभाका ४...

वलीलाई दलका काम कारबाहीमा संलग्‍न गराउन माओवादी अध्यक्ष दाहालको निर्देशन

इकागज | बैशाख १९, २०७८

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी प्रवेश गरेकी दाङ क्षेत्र नं ३ (ख)बाट ...