कर्णालीका नवनियुक्त आर्थिक मामिला मन्त्री विष्टले लिए शपथ

इकागज | मंसिर १५, २०७८

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले  विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै मन्त्रीमा नियुक्त गरेका थिए । विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ । मन्त्री विष्टले मङ्गलबार नै पदबहाली गरेका हुन् । 

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन् । रासस 
 

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले गरे विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

इकागज | मंसिर १४, २०७८

काठमाडौँ – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभाको आजको बैठकमा वि...

कर्णालीमा मन्त्रिपरिषद् विस्तारको टुंगो लागेन

लक्ष्मी भण्डारी | मंसिर १३, २०७८

सुर्खेत - मंसिर १४ पछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्ने भनिएतापनि मन्त्रालयको भागबण्डाको विषयमा अझै टु...