जुम्लामा बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

इकागज | मंसिर १०, २०७८

जुम्ला - जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।

स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी पसेका थिए । बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । 

घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ । उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित  प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै  मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएकोे छ । रासस
 

अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो : प्रमुख आयुक्त राई

इकागज | मंसिर १०, २०७८

कर्णाली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवा...

कर्णाली सरकारले पूर्णता नपाउँदै गठबन्धनमा तिक्तता

लक्ष्मी भण्डारी | मंसिर ५, २०७८

सुर्खेत - कर्णाली प्रदेश सरकारले पूर्णता नपाउँदै सत्ता गठबन्धनबीच तिक्तता सुरु भएको छ । जीवनबहादुर शाहील...