अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

इकागज | मंसिर ४, २०७८

सिमकोट - सिमकोट अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सुरु भएको हो । योङ स्टार क्लबको आयोजनामा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष रविन बस्नेतले बताए ।

प्रतियोगितामा सिमकोटबाट एक, खार्पुनाथबाट दुई, सर्केगार्डबाट तीन, चंखेलीबाट एक र अदानचुली गाउँपालिका एक वटा टिम गरी आठ वटा टिम पुरुषतर्फ सहभागिता रहेको छ । नाम्खा र ताँजाकोट गाउँपालिकाको भने सहभागिता रहेको छैन । प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले संयुक्त गरेका थिए ।  पुरुषतर्फ विजेता टिमले २ लाख नगद रूपैयाँ र ट्रफी पाउने छ भने उपविजेता टिमले १ लाख रुपैयाँ पाउने छ ।

महिलातर्फ पनि सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चंखेली गाउँपालिकाको सहभागिता रहेको छ । महिलातर्फ भने विजेता टिमले पचास हजार र उपविजेताले तीस हजार पुरस्कार पाउने छन् । पुरुष तथा महिला भलिबल प्रतियोगिता लिक चरणका हुने भएका छन् । प्रतियोगिता पाँच देखि छ दिन सञ्चालन हुने आयोजकले जनाएको छ । क्लबको आयोजनामा यसअघि नौ वटा संस्कार सञ्चालन भइसकेको छ ।

कर्णाली प्रदेश सरकारको पहिलो चौमासिक बजेट खर्च पाँच प्रतिशत मात्रै

इकागज | मंसिर ४, २०७८

सुर्खेत - कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा करिब पाँच प्रतिशत मात्र बज...

कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ मा विश्‍वासकाे मत लिने

इकागज | मंसिर ३, २०७८

सुर्खेत- कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । विश्वा...

सुर्खेतका नौ पालिकामा संस्थापन पक्षको वर्चस्व

लक्ष्मी भण्डारी | मंसिर ३, २०७८

सुर्खेत- नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनअन्तर्गत सुर्खेतका पालिकाहरूमा पार्टीको संस्थापन पक्षको वर्चस्व ...