मुगुका आगलागी पीडितलाई कर्णाली सरकारले राहत दिने

इकागज | कात्तिक ३०, २०७८

सुर्खेत- मुगुको छायानाथ रारा नगरपालिका-१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । 
पीडितहरूका लागि तत्कालीन राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

आगलागीको पीडितको अवस्था बुझ्न मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आजै मुगु जाने कार्यक्रम छ । मुख्यमन्त्री शाहीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज कर्णाली प्रदेश सरकारले पीडितहरूलाई उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

सोमबार राति भएको आगलागीमा मुगुको छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । 

कर्णालीका किसानको प्रश्‍न : सरकारले घोषणा गरेको राहत कहिले आउँछ ?

जितेन्द्र थापा | कात्तिक २७, २०७८

सुर्खेत - कार्तिक पहिलो सातामा आएको बेमौसमी वर्षात्‌ले किसानले उठाउनै लागेको बाली नष्ट पार्&z...

लुम्बिनी र कर्णालीमा सवारी दुर्घटनामा परी ६ दिनभित्र ३० जनाको मुत्यु

इकागज | कात्तिक २४, २०७८

दाङ - लुम्बिनी र कर्णाली प्रदेशमा तिहारलगत्तै ठूला दुर्घटना भए । यी दुई प्रदेशमा ७० वटा दुर्घटना हुँदा ३...

मुख्यमन्त्री शाहीले गरे यातायात कार्यालयको आकस्मिक अनुगमन

इकागज | कात्तिक २३, २०७८

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक अनुगमन ...

कर्णालीमा मन्त्रिपरिषद् विस्तारकाे तयारी- कुन पार्टीलाई कति मन्त्रालय

लक्ष्मी भण्डारी | कात्तिक २३, २०७८

सुर्खेत- गत बैशाख दुई गते सत्ता सञ्‍चालनका लागि आलोपालो गर्ने सहमति भए अनुसार तिहार अगाडि कर्...