कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

लक्ष्मी भण्डारी | कात्तिक १५, २०७८

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।

सत्तागठबन्धनका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन सोमबार मुख्यमन्त्री शाहीले आधा घण्टा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।

वैशाख २ गते कांग्रेस र हालसम्म सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा छ महिनापछि सरकार सञ्चालन गर्ने सहमति भएको थियो । सोही अनुसार कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गरेर कांग्रेसलाई कर्णालीको सत्ता सुम्पिएको हो । आइतबार सत्ता हस्तान्तरणका विषयमा माओवादी र कांग्रेसबीच छलफल भएको थियो।

माओवादीले सहमति कार्यान्वयन नगरे अर्को विकल्पमा जाने कांग्रेस कर्णाली प्रदेश संसदीय दलले योजनासमेत बनाएको थियो। तर माओवादीले सो सहमति कार्यान्वयन गरेको छ । सहमतिअनुसार सोमबार सरकार चार बजेसम्म मुख्यमन्त्री शाहीले राजीनामा दिइसक्नुपर्ने थियो । मुख्यमन्त्री शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का भएको छ । सम्बोधनका क्रममा उनले प्रदेश सरकारको हालसम्मको उपलब्धी प्रस्तुत गरेका थिए । केन्द्र सरकारको नेतृत्व गरिरहेको कांग्रेसले गण्डकी र कर्णाली प्रदेश सरकारको पनि नेतृत्व पाएको हाे ।

कर्णाली प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाही

इकागज | कात्तिक १५, २०७८

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीका नाममा सम्बोधन गरेका छन् । ...

कांग्रेसका सांसद भन्छन्- मुख्यमन्त्रीले राजीनामा नदिए हामी अर्काे कदम चाल्छौं

लक्ष्मी भण्डारी | कात्तिक १५, २०७८

सुर्खेत- कांग्रेसले कर्णालीमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रलाई सरकार छाड्न अल्टिमेटम &...

कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने, पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै

लक्ष्मी भण्डारी | कात्तिक १५, २०७८

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन् । राजीनामा...

मुख्यमन्त्रीका आकांक्षी शाही भन्छन्- बाहिर शंका गरिएजस्तो छैन, मुख्यमन्त्रीको राजीनामा आउँछ

लक्ष्मी भण्डारी | कात्तिक १५, २०७८

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्रीका आका‌ंक्षी जीवनबहादुर शाहीले मुख्यमन्त्रीको राजीनामा आउनेमा आफ...

अमेरिकी सरकारले अनुदान कटौती गर्दा नेपालमा जटिल बन्यो प्रजनन् स्वास्थ्य

इकागज | कात्तिक १५, २०७८

सुर्खेत - अमेरिकी सरकारको स्वास्थ्य सहयोगसम्बन्धी वैदेशिक नीति नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यको बाधक बनेक...

कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै, तीनै मन्त्रालयमा नेकपा एसको दाबी

लक्ष्मी भण्डारी | कात्तिक १५, २०७८

सुर्खेत- कर्णालीमा नेकपा एकीकृत समाजवादी (एस) का तीन मन्त्रीहरु आजदेखि स्वतः पदमुक्त हुँदैछन् ।  रि...

साढे सात अर्बकाे भेरी पम्पिङ खानेपानी आयोजना, तिहारलगत्तै टेण्डर हुने

इकागज | कात्तिक १४, २०७८

सुर्खेत - कर्णालीको राजधानी वीरेन्द्रनगर भएसँगै जनघनत्व बढ्दै गएको छ  । प्रदेशमा बढ्दो जनसंख्यासँगै प...

रि-पोलिसिङको हल्ला चलेको चामल खानयोग्य पुष्टि भएपछि बिक्री खुला

लक्ष्मी भण्डारी | कात्तिक १३, २०७८

सुर्खेत - रि–पोलिसिङ गरेर पठाइएको भन्दै बिक्री वितरणमा रोक लगाइएको चामल खाद्य व्यवस्था तथा व्यापार...