कर्णालीमा अध्यादेश जारी

इकागज | कात्तिक १०, २०७८

कर्णाली- प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन् । प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो । प्रदेशसभा अधिवेशन बोलाउने टुङ्गो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो ।

प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दासमेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन् ।

कर्णालीमा मुख्यमन्त्रीका आकांक्षी शाही भन्छन्- माओवादीबाट बेइमानी हुँदैन भन्‍ने विश्‍वास छ

इकागज | कात्तिक ९, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी जीवनबहादुर शाहीले कात्तिक १५ पछि आफू मुख्यमन्त्र...

शाही सरकारलाई नै निरन्तरता दिन पहल गर्ने माओवादी केन्द्रको निर्णय

लक्ष्मी भण्डारी | कात्तिक ७, २०७८

सुर्खेत- माओवादी केन्द्रले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई नै निरन्तरता ...

सुर्खेत पुगेका प्रधानमन्त्री देउवाले भने : बाढी प्रभावितलाई सरकारले राहत दिन्छ

लक्ष्मी भण्डारी | कात्तिक ४, २०७८

सुर्खेत - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने घोषण...

अवरुद्ध महाकाली राजमार्ग खुल्यो, बाटोमा रोकिएका कानुन मन्त्री गोकुलेश्वर पुगे

इकागज | कात्तिक ३, २०७८

बैतडी -  महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्ड खुलेको छ । लगातार...

बाढीले जुम्लामा करोडौँको क्षति, मार्सीधान र स्याउ बगैँचामा नोक्सानी

इकागज | कात्तिक २, २०७८

जुम्ला - दुई दिन दिनसम्म परेको अविरल वर्षाका कारण जुम्लामा करोडौँको क्षति भएको छ । बाढीले यहाँ आठ स्थान...