मुगु बस दुर्घटना
मुगुको पिना बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत
सुर्खेत - मंगलवार दिउँसो मुगुको छायानाथ रारा नगरपालिका ७ पिनागाउँमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकांस किशोरकिशोरी र युवाहरु रहेका छन् । नेपालगञ्जबाट मुगुका लागि हिँडेको भे १ ख ३१६७ नम्बरको बस पिनामा आज दिउँसो दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दशैं मनाउन घरमा जाँदै गरेका युवाहरुको मृत्यु भएको छ । ‘मृत्यु हुनेहरु धेरैजसो विद्यार्थी र घरमा दशैं मनाउन आउनेहरु रहेका छन्’ धामीले भने, ‘अधिकांस ३० वर्ष मुनिका रहेका छन् ।’
बस दुर्घटनामा ज्यान गुमाउनेहरु
छायाँनाथ रारा नगरपालिका
वडा ७ की १८ वर्षिय लग्न सेजुवाल
वडा ७ का २ वर्षिय कपिल रावल
वडा १० की २० वर्षिय भगवती बम
वडा १० की १८ वर्षिय पुजा बुढा
वडा ८ का २२ वर्षिय सन्तोष बिटालु
वडा ८ की प्यारी ३३ वर्षिय प्यारी विश्वकर्मा
वडा १२ का २२ वर्षिय छाता सावत
वडा ८ का ३६ वर्षिय दानबहादुर रावल
वडा १० का २० वर्षिय सरिता खड्का
वडा १४ का २२ वर्षिय कर्णसिंह बुढा
वडा १ की २२ वर्षिय चन्द्रदेवी मल्ल
वडा ६ की १९ वर्षिय राममाया भाम
वडा १० का १८ वर्षिय अम्मर सावद
वडा ११ का २२ वर्षिय प्रकाश बुढा
वडा ५ का २९ वर्षिय अजय कार्की
वडा ५ का ३३ वर्षिय कमला विसी रावत
वडा १० का २२ वर्षिय सुनबहादुर विश्वकर्मा
वडा १४ का २० वर्षिय शिव बुढा
वडा ७ का २१ वर्षिय अमृता शाही
वडा ७ का ५ वर्षिय आयुष राना
वडा १४ का २० वर्षिय रुपसिंह कार्की
वडा ७ का २२ वर्षिय महेन्द्र शाही
वडा १ का १८ वर्षिय चन्द्रप्रकाश भाम
वडा ७ का ११ वर्षिय आदित्यविक्रम शाही
वडा ८ का २८ वर्षिय टोपबहादुर विष्ट
वडा ८ का ३३ वर्षिय भगवती चन्द
वडा ७ का १६ वर्षिय सुविस्ता बम
वडा १४ का १८ वर्षिय वसन्त भण्डारी
वडा ८ का १८ वर्षिय नविन बुढा
सोरु गाउँपालिका
वडा ३ का २५ वर्षिय मनरुपा कुमाल
वडा ८ का २३ वर्षिय आइतसिंह कामी
नेपालगंज बाँकेका २२ वर्षिय प्रदिप सोनकर