चोरी मुद्दाका तीन प्रतिवादी सार्वजनिक
सुर्खेत- सुर्खेतका विभिन्न स्थानबाट फरक-फरक मालसमान चोरी गर्ने तीन प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ । वीरेन्द्रनगर नगरनगरपालिका-४ सुर्खेत निवासी ५५ वर्षीय एक महिलाले सुन, पत्थर विद्युतीय सामग्री चोरिएको जनाउँदै विसं २०७८ साउन २६ गते जिप्रकामा निवेदन हालेकी थिइन् । त्यसपश्चात् अनुसन्धान थालेको प्रहरीले आइतबार सुर्खेतबाट तीन व्यक्तिलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
त्यससँगै बरामद भएका विभिन्न सामान पनि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्ने प्रतिवादीमा वीरेन्द्रनगर नगरपालिका-५ का १९ वर्षीय भीष्म खत्री, २६ वर्षीय सुरज गुरुङ, ६ नं वडाका ३६ वर्षीय राजकुमार विक र एक बालक गरी चार रहेको प्रनाउ घर्तीले जनाए ।
दशीका आधारमा बरामद मालसमानसमा एक थान पोतेसहितको छड्के तिलहरी, एक थान सुनको बेरवा औँठी, एक थान पत्थर भएको सुनको औँठी, एक थान एलइडी टिभी, एक थान ३२ इञ्चको टिभी र एक थान खुँडा रहेको जिप्रकाले जनाएको छ । रासस