कालिकोटमा भूमि आयोगले बाँड्यो लालपूर्जा

इकागज | भदौ १६, २०७८

कालिकोट - भूमि सम्बन्धी समस्या सामाधान आयोगले कालिकोटमा ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) दिएको छ । लामो समयदेखि भोगचलन गर्दै आएको जमिनलाई नाममा गरेर ३३ जनालाई रातोपूर्जा दिइएको हो ।

२०५४ सालमा नापजाँच भएर पूर्जा नपाएका ३३ जनालाई पूर्जा वितरण गरेको आयोगका विषय विज्ञ सचिव रमेश नेपालीले जानकारी दिए । पूर्जा पाउनेमा खाँडाचक्र नगरपालिकाका ११ जना, पलाँता गाउँपालिकाका १५ जना र नरहरीनाथ साविकको मालकोटका ७ जना रहेका छन् ।

विगतको आयोगबाट नापजाँच गरिसकेर पूर्जा मात्र पाउन बाँकी रहेकाहरुको अधुरो काम पुरा गरेको आयोगका अध्यक्ष धिरबहादुर बमले बताए । जिल्लामा रहेका सुकम्बासीको हकमा भने काम सुरु भएको छैन । उनीहरूलाई पनि आफ्नो कार्यकालमा लालपूर्जा बाँड्ने अध्यक्ष बमले बताए । सरकारले नहटाएमा सुकम्बासीको पनि समस्या समाधान गर्ने उनको भनाइ छ ।

बलात्कारको आरोप लागेका मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै सुर्खेतमा प्रदर्शन

इकागज | भदौ १३, २०७८

सुर्खेत - बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाह...

कर्णालीका बलात्कार अरोपी मन्त्री बर्खास्त गर्न चौतर्फी दबाब

जितेन्द्र थापा | भदौ १२, २०७८

सुर्खेत - बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाह...