हुम्लामा दुर्घटनाबाट जोगियो सीता एयरको जहाज

इकागज | साउन २७, २०७८

हुम्ला - हुम्लाको सिमकोट विमानस्थलमा सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । सुर्खेतबाट कार्गोको सामान लिएर सिमकोट विमानस्थलमा अवतरण गरेको सीता एयरको जहाजको टायर पन्चर भएको थियो । विमानस्थलमा अवतरण गरेपछि टायर पन्चर भएपनि अन्य कुनै क्षति नभएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले जानकारी दिए । 

उनका अनुसार विमान अवतरण गरेपछि पार्किङस्थलमा लैजाने क्रममा जहाजको पछाडिको टायर पन्चर भएको हो । जहाजको टायर पन्चर हुँदा कहिलेकाँही आगलागी हुने सम्भावना हुन्छ । विमानमा सवार चालक दलका सदस्य सकुशल रहेको पनि गिरीले बताए । सीता एयरको नाईन एन एएचडी डोनिएर विमानको टायर पन्चर हुनुको कारण खुलेको छैन । टायर पन्चर भएको विमानलाई धकेलेर पार्किङस्थलमा पुर्याइएको छ । 

विपन्‍नलाई बाँड्न ल्याइएको चामल गोदाममै कुहिएपछि खाल्डोमा गाडियो

जितेन्द्र थापा | साउन २५, २०७८

सुर्खेत - कोभिड महामारीमा गरिब/विपन्न परिवारलाई राहत दिन खरिद गरेको चामल जनतालाई नदिएरै कुहिएको छ ।...

मेरो मृत्यु भएको हल्ला चलाएपनि विचलित हुने छैन : उपकूलपति सिंह

इकागज | साउन २४, २०७८

सुर्खेत - मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्...

उपकुलपतिको मृत्यु भएको झुठो विज्ञप्ति निकाल्नेविरुद्ध मुद्दा हाल्ने तयारी

इकागज | साउन २४, २०७८

सुर्खेत -  मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहको मृत्युको विषयमा ग...