कालिकोटमा १० दिन थपियो निषेधाज्ञा

इकागज | साउन २३, २०७८

मान्म : कालिकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए ।  

उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो । रासस 

अवैध खाद्य पदार्थ बरामद

इकागज | साउन २३, २०७८

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत अस्थायी प्रहरी पोष्ट बबईले रु १४ लाख ७५ हजारको अवैध खाद्य पद...