अघिल्लो चुनावमा कांग्रेस र एमालेले जितेको सिंजा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

इकागज | जेठ ३, २०७९

जुम्ला- जुम्लाको सिंजा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । धितालले कांग्रेसका नन्दराम बुढालाई ११८ मतान्तरले पराजित गरेका हुन् ।

उनी १ हजार ९४९ मतसहित विजयी हुँदा कांग्रेसका बुढाले १ हजार ८३१ मत मात्र पाए ।

उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया १ हजार ९५६ मतसहित विजयी भएकी छन् । कांग्रेसका रजनकली शाहीले १ हजार ६९ मत मात्र पाइन् । 

सिंजा गाउँपालिका ६ हजार १९५ मत खसेको थियो । ०७४ को निर्वाचनमा कांग्रेसबाट देवलसिंह रावल अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्षमा एमालेका जन्माकन्या खत्री विजयी भएकी थिइन् ।

कांग्रेस कर्णाली सभापतिको गृह वडामा माओवादी विजयी, बागीभन्दा पनि पछि परे कांग्रेस उम्मेदवार

इकागज | जेठ २, २०७९

जुम्ला- नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृहवडामा माओवादी केन्द्र विजयी भएको छ । का...

दैलेखको तीन पालिकाको नतिजा सार्वजनिक : दुई पालिकामा एमाले, एउटामा माओवादी

सुर्खेत- दैलेखका  तीन पालिकामा मतगणना सम्पन्न भएको छ । दुई वटा पालिकाको नतिजा आज बिहान र एउटा प...

रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले  र एक स्वतन्त्र विजयी

इकागज | जेठ १, २०७९

रोल्पा - रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घ...