समाज

सडकभर फोहोरको डंगुर, कुरूप र दुर्गन्धित बन्दै पोखरा

धनबहादुर गुरुङ | साउन १३, २०८०
पोखरा- पोखरामा गएको बिहीबारदेखि फोहोर उठ्न सकेको छैन । जसले गर्दा सडक, चोक र गल्लीमा फोहोरको डंगुर लागेको छ । यसले पोखराको सुन्दरता बिगार्नुका साथै सहर नै दुर्गन्धित बन्दै गएको छ । पोखराको ल्याण्डफिल साइटका स्थानीयले अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको फोहोर वडा ३२, लामेआहालमा विसर्जन हुँदै आएकोमा महानगरले सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले बिहीब...