समाज

खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले विज्ञसँग छलफल गर्ने

इकागज | साउन १३, २०८०
वीरगन्ज- वीरगन्ज महानगरपालिकासहित तराई मधेसका विभिन्न क्षेत्रमा देखिएको बढ्दो खानेपानीको समस्या समाधानका लागि मधेस प्रदेश सरकारले विज्ञहरूसँग छलफल अघि बढाएको छ ।  लामो समयदेखि वर्षा नहुँदा चापाकललगायतका खानेपानीको मुहान सुकेर पर्साको वीरगन्जलगायतका विभिन्न स्थानमा खानेपानीको हाहाकार भएको हो । बढ्दै गएको खानेपानीको समस्या समाधानबारे मधेस प्रदेश सरकारले विज्ञ तथा सरोकारवालासँग छलफल अघि बढाएको हो । साउनक...