समाज

पत्रकार हौँ भन्दै चर्को ब्याज असुलेको आरोपमा मिडिया व्यवसायीविरुद्ध प्रशासनमा निवेदन

इकागज | साउन ९, २०८०
महोत्तरी- महोत्तरीमा मिडिया व्यवसायीले नै मिटर ब्याजबाट पीडित बनाएको आरोपमा पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जिल्लाको बर्दिबासमा प्रभात सन्देश नामक पत्रिका सञ्चलन गर्दै आएका आशा तोलाङ्गे र मनोज थापाविरुद्ध उनीहरूले  निवेदन दिएका हुन् । बर्दिबास-३ मा स्थायी घर भएका दुवै जना श्रीमान्, श्रीमती हुन् । घर छेउमा नै बसोबास गर्ने  उनीहरूका छिमेकी र आफन्तले आफूहरू पीडित भएको भन्दै प्रशास...