समाज

जंगली च्याउ खाँदा रोल्पामा एकको मृत्यु, तीनजना बिरामी

इकागज | साउन २, २०८०
काठमाडौँ- रोल्पामा जंगली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका-५ बुझिङकी रोशनी विकको उपचारका क्रममा मृत्यु भएको हो । उनको मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीया बिमला विक, सात वर्षीया रोशनी विक, २४ वर्षीया दिलमाया विक, ६ वर्षीया आकृति वि...