समाज

काठमाडौँको सभ्यता गिज्याउने सवारी साधनका ‘हर्न'

अतिन आचार्य | जेठ २३, २०८०
काठमाडौँ- सिंहदरबारको पश्चिम गेट । पृथ्वीनारायण शाहको शालिक । शालिकलाई दायाँबायाँ पार्दै हरेक दिन हजारौँ गाडी ओहोरदोहोर गर्छन् । शालिक अगाडि जेब्रा क्रसिङ छ । जेब्रा क्रसिङबाट मानिसहरूको ओहोरदोहोर छ । साना-ठूला सवारीसाधनका जाम छन् । बिहानको कार्यालय समय छ । ट्राफिक प्रहरी हातले रोकिन र जाने संकेत गरिरहेका छन् ।  एकतर्फी सवारीसाधन आफ्नै गतिमा सुन्धारा र रत्नपार्कतर्फ गइरहेका देखिन्छन् । ट्राफिक जाममा र...