पर्यटन

टुकुचे हिमालबाट हिउँ पहिरो खस्यो

इकागज | कात्तिक २८, २०७८

पोखरा - मुस्ताङस्थित टुकुचे पिकबाट हिउँ पहिरो खसेको छ । आइतबार बिहान हिउँ पहरो खसेको हो । हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँलेले बताए । एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले हिउँ पहिरो खसेको पुष्टि गरे ।

‘मानवीय क्षतिको विवरण आएको छैन । घरपालुवा जनावरहरू परे कि भन्ने छ । प्रहरी खटाएका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘पहिरो रोकिएको छ । हिउँमाथि भएको हुनाले थप खस्न सक्ने अवस्था छ । सचेत रहन भनेका छौं ।’ 

'पर्यटन विकासको लागि विश्वसम्पदा सूचीमा सम्पदाको सूचीकरण बढाउनुपर्छ'

इकागज | कात्तिक १७, २०७८

इलाम -  पर्यटन विकासको लागि सांस्कृतिक र प्राकृतिक सम्पदाको विश्वसम्पदा सूचिमा सूचीकरण बढाउनु...

एक महिने नि:शुल्क अनअराईभल भिसा कार्यान्वयनमा आएन, दुई महिनामा भित्रिए २५ हजार पर्यटक

अतिन आचार्य | कात्तिक ७, २०७८

काठमाडौँ- मुलुकमा कोभिड-१९ खोप लगाउने क्रमले तीव्रता पाएसँगै संक्रमणदर र मृत्युदर पनि कमी हुँदै ...