पर्यटन

हेलि एभरेष्टका ३ डाइरेक्टरले गरे सगरमाथा आरोहण

इकागज | जेठ १, २०७८

काठमाडौँ : हेलि एभरेष्टका तीन जना डाइरेक्टरहरुले सगरमाथा आरोहण गरेका छन् । मार्केटिङ डाइरेक्टर टसि लाक्पा शेर्पा, अप्रेशन डाइरेक्टर एवं पाइलट कृष्णप्रसाद गौचन (सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले बैशाख १८ गते बिहान ७ बजे ८ हजार ८ सय ४८.८६ मिटरमा पाइला राखेका हुन् ।

हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा)ले विज्ञप्ती जारी तीन जना डाइरेक्टरहरूले एक साथ सगरमाथा हिमालको सफल आरोहण गरेकोमा खुसी व्यक्त गरेका छन् ।

हिमाल आरोहणले हेलिकप्टर परिवार धेरै खुसी भएको र उनिहरूको उज्वल भविष्यको कामना समेत गरेका छन् । आरोहणमा सहभागि मध्यका टसि लाक्पाले विश्वभर रहेका ८ हजार भन्दामाथिका सबै हिमालहरू तीन जना दाजुभाईले एक साथ आरोहण गरी गिनिज बुकमा नाम लेखाइसकेका छन् । यस्तै सोवित पहिलो पाइलट आरोही बनेका छन् । यस्तै फुर्वा छिरिङ युवा पर्यटन व्यवसायी हुन् ।

सोल्टीको अन्तर्राष्ट्रिय व्यवस्थापनसँगको सम्झौता सकियो, ‘दी सोल्टी काठमाडौँ’ नामले ब्राण्डिङ्ग गरिने

इकागज | बैशाख ३१, २०७८

काठमाडौँ : राजधानीको पाँचतारे होटल सोल्टीले आजदेखि अन्तर्राष्ट्रिय व्यवस्थापनसँगको सम्झौता टुंग्याएको...

पर्यटन मन्त्रालय भन्छ- 'सगरमाथा आरोहणमा कुनै स्वास्थ्य जोखिम छैन'

इकागज | बैशाख २५, २०७८

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोख...