विश्व

इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका र युरोप

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- अमेरिका र युरोपेली संघले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले आगामी दिनमा नयाँ प्रतिबन्धको कदम चाल्न सकिने बताएकी छन् ।

यसैबीच युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यस विषयमा काम गरिरहेको बताएका छन् ।

इरानले गत हप्ता इजरायलमा ३०० ड्रोन र मिसाइल प्रहार गरेको थियो । इजरायलले लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ ।

इजरायलले शनिबार आफ्नो भूमिमा भएको आक्रमणपछि तेहरानको क्षेप्यास्त्र कार्यक्रममा प्रतिबन्ध लगाउन आफ्ना सहयोगीहरूसँग माग गरेको छ ।

यस कार्यक्रममा संयुक्त राष्ट्र संघको प्रतिबन्धको म्याद अक्टोबरमा सकिएको थियो । तर, तेहरानको क्षेप्यास्त्र कार्यक्रममा अमेरिका, युरोपेली संघ र बेलायतले लगाएको प्रतिबन्ध जारी छ र नयाँ प्रतिबन्ध पनि लगाइएको छ ।

अप्रिल १ मा सिरियामा इरानको वाणिज्य दूतावासमा हमला भएको थियो, जसमा इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डर र उनका सहायकसहित १३ जनाको मृत्यु भएको थियो ।

इरानले शनिबार इजरायलमा भएको आक्रमणलाई अप्रिल १ मा भएको घटनाको बदलाको रूपमा वर्णन गरेको छ ।

इजरायलले अप्रिल १ मा भएको आक्रमणको जिम्मेवारी लिएको छैन । यद्यपी इजरायलले उचित समय आएपछि इरानको आक्रमणको जवाफ दिने दाबी गरेको छ ।

युएईमा भारी वर्षा

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्थ...

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इकागज | बैशाख ४, २०८१

जेरुसेलम - इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा यु...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द

इकागज | बैशाख ४, २०८१

शिकागो - प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्या...

अमेरिकी अनुदानपछि चिप्स आपूर्ति श्रृंखला विस्तार गर्ने तयारीमा सामसङ

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- अमेरिकाले ६.४ बिलियन अमेरिकी डलर अनुदान दिने तथा थप लगानी गर्ने भएपछि दक्षिण कोरियाली कम्प...