विश्व

बाढीले घर भत्काउँदा मुम्बईमा २५ को मृत्यु

इकागज | साउन ४, २०७८

मुम्बई : भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । 

अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । 

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  

बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजाराँै मानिस अलपत्र परेको पाइएको छ । 

बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो । 

मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । (पीटीआई)
 

हंगेरीले अगस्टदेखि कोभिडविरुद्धको तेस्रो खोप लगाउन आह्वान गर्ने

इकागज | साउन ३, २०७८

बुडापेस्ट- हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको खोप तेस्रो पटक लगाउन आह्वान गर्ने भएको छ ।...

राष्ट्रपति हत्याको विषयमा छानविन गर्न निवासकै सुरक्षा प्रमुख गिरफ्तार

इकागज | साउन १, २०७८

एजेन्सी : हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ । ह...