विश्व

अदालतको आदेशमा बर्खास्त हुने ओली पहिलो प्रधानमन्त्री होइनन्

इकागज | असार ३०, २०७८

काठमाडौँ : जनादेश आफ्नो पक्षमा भए पनि सर्वोच्च अदालतको परमादेशका कारण आफू सत्ताच्यूत हुनुपरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बहिर्गमन हुँदै गर्दा सर्वोच्च अदालतसँग चित्त दुःखाई गरे । सवारीसाधनको लावालस्करसहित ओलीलाई उनको निवास बालकोट भित्र्याउने तयारी गरिरहेको एमालेको भ्रातृ संगठन युथफोर्सले सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री हटाउने पहिलो घटना नेपालमा भएको भनेर प्रचार गरिरहेका छन् । यद्यपि यो सत्य होइन । 

सन् २०१२ मा पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी मुछिएको भ्रष्टाचारको घटनाको फाइल पुनः खोल्न दिएको आदेश अटेर गरेको भन्दै तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई ३० सेकेण्डको समय दिएर बर्खास्त गरेको थियो । त्यस्तै, थाइल्याण्डकी प्रधानमन्त्री यिङ्गलक सिनावात्रालाई सन् २०१४ मे मा अदालतको संवैधानिक इजलासले कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्रीबाट हटाइदिएको थियो । उनीमाथि सन् २०११ मा थाइ राष्ट्रिय सुरक्षा प्रमुखलाई हटाउँदा पदको दुरुपयोग गरेको अभियोग थियो । 

ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला बाइडनले गर्ने

इकागज | असार ३०, २०७८

वासिङ्टन : जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्...

चीनको पूर्वी प्रान्तमा भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए

इकागज | असार २९, २०७८

नानजिन : चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ...

चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप कोभ्याक्‍स कार्यक्रममा संग्‍लन हुने

इकागज | असार २९, २०७८

बेइजिङ : कोभिड-१९ विरूद्धको विश्वव्यापी खोप अभियानमा चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोप कोभ्याक्‍स क...

मित्सुबिसीबाट उत्सर्जन छलीबापत दुई करोड ५० लाख यूरो जरिवाना असुल

इकागज | असार २९, २०७८

टोकियो : जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभिय...

अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसंघ

इकागज | असार २९, २०७८

काबुल : लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तामा आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वज...