विश्व

नेपालसँगै अमेरिकाले भुटानलाई पनि दियो ५ लाख खोप

इकागज | असार २८, २०७८

एजेन्सी : अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको पाँच लाख खोप भुटानलाई प्राप्त भएको छ । भुटानको पेट्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खोप आइपुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाले भुटानलाई मोटर्ना खोप उपहारस्वरूप प्रदान गरेको हो ।  

भारतस्थित अमेरिकी दूतावासले पनि वक्तव्य प्रकाशित गर्दै कोरोनाभाइरसको महामारी न्यूनीकरण गराउन सहयोग गर्ने अमेरिकी सरकारको नीतिअनुसार खोप प्रदान गरिएको जनाएको छ । वक्तव्यमा लेखिएको छ,'हाम्रो लामो समयदेखिको मित्र भुटान र त्यहाँका जनतालाई दुःखको बेलामा सहयोग गर्न पाउँदा हामीलाई खुशी लागेको छ, यसले हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएका छौँ ।'

अमेरिकाले कोरोनाभाइरसको महामारी व्यवस्थापन गर्नका लागि भुटानलाई यसअघि १० लाख अमेरिकी डलरसमेत सहयोग गरेको थियो ।    महामारी सुरु भएपछि देशको स्वास्थ्य सेवा विस्तारका लागि भन्दै अमेरिकाले भुटानलाई सहयोग गरेको हो । त्यसअन्तर्गत स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, उपकरण, प्रयोगशालालगायतका कार्य गर्न अमेरिकाले अनुरोध गरेको थियो । अमेरिकाले भुटानलाई अक्सिजन सिलिण्डर, मास्क, स्वास्थ्य उपकरणहरू, सवारी साधनहरू, भेन्टिलेटरहरूलगायत पनि उपलब्ध गराएको थियो । 

सिरियाली राष्ट्रपतिद्वारा कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन

इकागज | असार २८, २०७८

दमास्कस : सिरियाका राष्ट्रपति बशर अल असदले आइतवार जनतालाई डिजेल ईन्धन र रोटीको मूल्यवृद्धिले पारेको प्रभ...

अफगानिस्तानको कूटनीतिक नियोगबाट भारतले आफ्ना कर्मचारी फिर्ता बोलायो

इकागज | असार २७, २०७८

एजेन्सी : अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता ल...

कोभिडविरुद्धको खोप उपलब्ध गराउन जि-२० देशहरूलाई राष्ट्रसंघको आग्रह

इकागज | असार २७, २०७८

संयुक्त राष्ट्रसंघ  : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहर...

‘हाइटीमा अस्थिरताको खतरा, सरकारद्वारा सहयोगका लागि राष्ट्रसंघसँग आग्रह’

इकागज | असार २६, २०७८

पोर्ट-ओ-प्रिन्स, हैटी : राष्ट्रपति जोभेनल मोइजको हत्यापछि सङ्कटबाट प्रभावित क्यारिबियन राष्ट्र हाइटीमा अस्थिर...