विश्व

अफगानिस्तानमा ६९ तालिबान लडाकु मारिए

इकागज | असार २४, २०७८

काबुल : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सवै तालिबान लडाकु नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन । 

सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीहरुले क्‍वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन् । यसअघि सो सहर तालिबान लडाकूहरुले नियन्त्रणमा लिएको घोषणा गरेका थिए । 
“क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीहरुले बुधबार आफ्नो नियन्त्रणमा लिएका छन, त्यसअघि सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुविरुद्ध सुरक्षा कारबाही चलाएका थिए,” रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ । 

पश्चिमी बद्घीस प्रान्त अन्तर्गत पर्ने त्यस ठाउँमा लामोसमयदेखि तालिवान लडाकूहरुको प्रभाव रहदै आएको मानिन्छ । अफगानिस्तानमा लामो समयदेखि आन्तरिक द्धन्द्ध चलिरहेको छ भने द्धन्द्ध अन्त्यका लागि भन्दै वार्ताको प्रयासहरु पनि भइरहेका छन् । (रासस)
 

चिनियाँ विद्यार्थीलाई भिसामा कडाई गर्ने ट्रम्प प्रशासनको निर्णयबारे पुनर्विचार गर्न अमेरिकासँग आग्रह

इकागज | असार २४, २०७८

बेइजिङ : चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याउन र अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाक...

परिवारबाट अलग्गिएका सयौं बालबालिकाको अफगानिस्तानबाट उद्धार : राष्ट्रसंघ

इकागज | असार २४, २०७८

जेनेभा- तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई  उद्धार गरिएक...

अफगानिस्तानबाट सैनिक फिर्ता प्रक्रिया ९० प्रतिशत बढी पूरा : अमेरिका

इकागज | असार २४, २०७८

काबुल, अफगानिस्तान : अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ‘९० प्रतिशतभन्दा बढी&rs...

चिनियाँ राष्ट्रपति सीले गरे विश्‍वभरका नेतासँग भलाकुसारी

अजय अलौकिक | असार २२, २०७८

बेइजिङ : चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सय वर्षको अपलक्ष्यमा विश्वका राजनीतिक पार्टीका ने...