विश्व

छोराछोरीको शारीरिक शिक्षामा जोड दिन्छन् चिनियाँ अभिभावक

इकागज | जेठ २९, २०७८

काठमाडौँ : चिनियाँ अभिभावकले आफ्ना छोराछोरीलाई शारीरिक शिक्षामा महत्व दिइरहेका छन् । चाइना युथ डेलीले १ हजार ५ सय १३ जना अभिभावकमा गरेको अध्ययन अनुसार ६०.५ प्रतिशत अभिभावकहरूले शारीरिक शिक्षामा बढी ध्यान दिनुपर्ने धारणा दिएका हुन् । 

त्यस्तै ५१.९ प्रतिशतले शारीरिक शिक्षाको मात्रा र गुणस्तर सुनिश्चित गर्नुपर्छ । त्यस्तै ५०.६ प्रतिशत अभिभावकले शारीरिक कक्षाका अभ्यासले कहिलेकाहिँ अन्य शैक्षिक विषयहरूका कक्षालाई समेत ओगटेको धारणा व्यक्त गरेका थिए । 

झोजियाङ प्रान्तको निङ्गबोका शि डानका एक छोरी छन् । विद्यालयले छोरीको शारीरिक शिक्षालाई बेवास्ता गरेको शि डानको अनुभव छ । उनी भन्छन्,‘शारीरिक शिक्षाको कक्षामा विद्यार्थीलाई केही मात्रै व्यायाम गर्न लगाउँछन् । तर यो कक्षामा त सबै विद्यार्थीलाई सबै खालका व्यायाम गर्न लगाउनुपर्ने हो तर त्यस्तो गराइँदैन ।’

केही अभिभावकले शारीरिक शिक्षा पढाउने शिक्षकलाई प्रशिक्षणमा सुधार गर्न र परीक्षा उन्मुख शारीरिक शिक्षाको मूल्यांकन प्रणाली परीवर्तन गर्न सुझाव दिएका छन् । (एजेन्सीको सहयोगमा) 

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

इकागज | जेठ २८, २०७८

बेइजिङ : चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार ...

म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर

इकागज | जेठ २८, २०७८

न्यापित : म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता...