विश्व

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु

इकागज | जेठ २४, २०७८

काठमाडौँ : पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार बिहान दुई यात्रुबाहक रेल एक आपसमा ठोक्किँदा करिब ३० जना यात्रुले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका छन् । पाकिस्तानी अखबार डनका अनुसार दुर्घटना घोट्की जिल्लामा भएको हो ।

डनले रेल विभागका अधिकारीलाई उदृत गर्दै लेखेको छ, ‘सारगोढाबाट कराँची जाँदै गरेको मिलाट एक्सप्रेस नाम गरेको रेल र रावलपिन्डीबाट आउँदै गरेको सर सैयद नाम गरेको रेल एक आपसमा जुधेका हुन् ।’ 

दुर्घटनामा परेको मिलाट एक्सप्रेसभित्र च्यापिएका १५ देखि २० यात्रुलाई अझैँ निकालन नसकिएको पनि डनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । रेलका डब्बाहरू पल्टिएका अवस्थामा रहेकोले च्यापिएका यात्रुहरुलाई निकाल्न अफठ्यारो भइरहेको छ । यद्यपि तीनलाई उद्दार गर्ने प्रयास भने जारी रहेको बताइएको छ । (पाकिस्तानी अबखार डनबाट) 

अमेरिकी अर्थतन्त्रः वृद्धितर्फ अग्रसर, तर पर्याप्त कामदारको अभाव

इकागज | जेठ २४, २०७८

वासिङ्टन : कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्...

बुर्किना फासोमा बिद्रोहीद्वारा गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु

इकागज | जेठ २४, २०७८

औगाडौगु : सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्...

चीनमा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठको मृत्यु

इकागज | जेठ २४, २०७८

हरबिन : चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्...

दक्षिण सुडानको निर्वाचनमा संयुक्त राष्ट्रसंघले सघाउने

इकागज | जेठ २२, २०७८

जुबा : दक्षिण सुडानमा हुन गइरहेको प्रजातान्त्रिक प्रक्रिया अन्तर्गतको निर्वाचनमा संयुक्त राष्ट्रसंघले सघाउने ...

अमेरिकाद्वारा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरूको सूची विस्तार

इकागज | जेठ २२, २०७८

अमेरिका : अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रबिधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी ...

कोभिडको सङ्क्रमण नघटेपछि अफगानिस्तानका विद्यालय बन्द रहने

इकागज | जेठ २२, २०७८

अफगानिस्तान : कोभिड-१९ सङ्क्रमण नघटेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा बन्द गरिएका विद्...