विश्व

चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु

इकागज | जेठ २१, २०७८

लान्झाउ: उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५.२५ बजे रेल दुर्घटना भएको हो । 

प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

फ्रान्स–चीन ढुवानी रेल सेवा सुरु

यसैबीच, चीन र युरोपबीच फ्राइट (सामान ढुवानी)का लागि नयाँ रेल सेवा बुधबार सुरु भएको छ । यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ । पचास वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो । यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ । 

यो रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स पुग्नेछ चिनियाँ रेलसेवाले जनाएको छ । शाङ्सी जिनाउ लजिस्टिकका व्यवस्थापक वाङ गोकिङले उक्त रेलमा फिटनेसका सामान र ९० हजार डिस्पोजेवल स्टेराइल सिरिंज समेतका अन्य सरसामान रहेको जानकारी दिए । 

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव : अध्ययन

इकागज | जेठ २१, २०७८

लिपसिग : विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइए...

चिनियाँ व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्रीबीच भिडियो वार्ता

इकागज | जेठ २०, २०७८

बेइजिङ : चीनका प्रमुख व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलो पटक बुधबार भिडियो सं...

चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्धारा आकस्मिक प्रयोगका लागि मान्यता

इकागज | जेठ २०, २०७८

चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको समाचारमा जनाइएको छ ...