विश्व

पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता सुरु गरिने

इकागज | जेठ १२, २०७८

इस्लामावाद  : पाकिस्तानमा भोलि बिहीबारदेखि  कोभिड-१९ विरुद्धको खोप लगाउन नाम दर्ता सुरु गरिने भएको छ । कोभिडको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान सुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् । 

पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीबारदेखि कोभिड विरुद्धको खोप लगाउन नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिए । सामाजिक सञ्‍जाल ट्विटरमार्फत उनले नेशनल कमाण्ड तथा अपरेसन सेन्टर (एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिएका हुन् । “एनसीओसीको आजको बैठकले भोलि बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उनले ट्वीटरमा लेखेका छन् । 

खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उनले बताए । खोप अभियानले कोभिडबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् । (रासस)
 

जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव

इकागज | जेठ १२, २०७८

न्युयोर्क : अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न...

कमजोर राष्ट्रहरूलाई १० करोड डोज खोप प्रदान गर्न युरोपेली युनियनका नेताहरू सहमत

इकागज | जेठ १२, २०७८

ब्रसेल्स : युरोपेली युनियनका नेताहरूले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरूलाई कोभ...

कोभिड संक्रमितलाई भारतमा कालो, सेतो र पहेंलो ढुसी पनि संक्रमण, यस्ता हुन्छन् लक्षण

इकागज | जेठ ११, २०७८

गाजियाबाद, उत्तर प्रदेश : कोभिड-१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रम...