विश्व

एसियाली पाँच देशबाट बहराइन आउन प्रतिबन्ध

इकागज | जेठ ११, २०७८

कायरो : बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । 

एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो । 

कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ । 

तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ ।

पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ । उनीहरुले पिसिआर रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाई छ । क्वारेन्टाइन वा पिसिआर मध्ये एउटा मात्रै अनिवार्य गरिएको हो । 

यसअघि क्यानडाले पनि भारत र पाकिस्तानबाट आउनेहरुलाई आउन नपाउने व्यवस्था गरेको थियो । (एएनआई)

अष्ट्रेलियाका विश्वविद्यालहरूद्धारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह

इकागज | जेठ ११, २०७८

अष्ट्रेलिया : अष्ट्रेलियाका विश्वविद्यालयहरूले विदेशी विद्यार्थीहरूलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको ...

पाकिस्तानमा कोभिड सङ्क्रमित सङ्ख्या नौ लाख नाघ्‍यो, शैक्षिक संस्था जून ६ सम्म बन्द

इकागज | जेठ १०, २०७८

इस्लामाबाद : पाकिस्तानमा कोभिड-१९ सङ्क्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढ...

युद्धविरामको मर्मलाई उल्लङ्घन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह

इकागज | जेठ १०, २०७८

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्य...