विश्व

पाकिस्तानको सिन्धमा गोली चल्दा ९ को मृत्यु

इकागज | जेठ २, २०७८

इस्लामाबाद :  पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा नौ जनाको मृत्यु भएको छ । पाँच जना सख्त घाइते भएका छन् । प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरू जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको थियो । 

घटनास्थलमा प्रहरी पुग्दा दुबै समूहका हतियारधारी व्यक्तिहरूले एकअर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले शवहरू बरामद गर्नुका साथै घाइतेहरूलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ । 

स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्‍चार माध्यमले जनाएका छन् । स्थानीयबासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताएका छन् । (रासस)
 

इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व अन्त्य गर्न बाइडनको आह्वान

इकागज | जेठ २, २०७८

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडनले तत्काल इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व अन्त्य गर्न आह्वान ग...

भारतमा कोभिडले दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

इकागज | जेठ १, २०७८

नयाँ दिल्ली : कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजा...

जापानद्वारा थप तीन राज्यलाई स्वास्थ्य संकट क्षेत्रका रूपमा बिस्तार

इकागज | जेठ १, २०७८

टोकियो : जापानले कोभिड-१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ ...